१५ मंसिर, काठमाडौं । पूर्वआपूर्तिमन्त्री गणेशमान पुनका तत्कालिन सचिवालयका सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता मरिचमान पुनले मंगलबार साँझ मन्त्रिपरिषद् बैठकले सिमाङ्कन हेरफेरसहित संविधान संशोधन विधेयक पास गरेर साहसिक निर्णय गरेको बताएका छन् ।
मन्त्रिपरिषद् बैठकले संविधान संशोधन विधेयक पास गरी संसद सचिवालयमा दर्ता गरेपछि पुनले फेसबुकमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयनको क्षेत्रमा मन्त्रिपरिषद्को ऎतिहासिक र साहसिक निर्णय’ भनी लेखेका छन् ।
‘टुक्रिएको मगरात जोडियो, तमुवान र मगरात संयुक्त पहिचानसहितको बन्यो ४ नम्बर प्रदेश’ नेता पुनले लेखेका छन्, ‘अबध मधेस र थारुवान भागसहितको बन्यो ५ नम्बर प्रदेश ।’ यसैगरी उनले नागरिकतामा छोरासरह छोरीलाई अधिकारको सुनिश्चितता भएको उल्लेख गर्दै संविधान संशोधन विधेयक पारित गर्न संघर्षमा खरो रूपमा सहभागी बन्न आग्रह समेत गरेका छन् ।
पुनको फेसबुक स्टाटस :