मन्त्री पदका लागि दर्जनौं सांसदहरुले देउवासम्म पुग्न पहुँच प्रयोग गरिरहेका बेला उनले अब दोस्रो चरणको चुनावपछि मात्र मन्त्रिपरिषद विस्तार हुने बताएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले पाउने १० मन्त्रालय मध्ये रामचन्द्र पौडेल समूहलाई बढीमा ४ मन्त्रालय दिने तयारी गरेका छन् ।
यसअघि देउवा समूहबाट गाेपालमान श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की र फर्मूल्लाह मन्सुर मन्त्री बनिसकेका छन् ।
पौडेलले मन्त्रीका लागि डा.नारायण खड्का, बद्री पाण्डे, रामकृष्ण यादव, जीवन परियार र सरिता प्रसाईको नाम अघि सारेको छ ।
यसैगरी देउवा पक्षबाट ललितपुरका मदन अमात्य, सुनसरीका मीन विश्वकर्मा, पाँचथरका भीष्म आङदेम्बे, काठमाडौंका ध्यान गोविन्द रञ्जित र डोटीका वीरवहादुर बलायर देउवाको प्राथमिक सूचीमा छन् ।
त्यसैगरी देउवा पक्षबाट भरतकुमार शाह, रामहरि खतिवडा लगायतले पनि विमलेन्द्र निधी मार्फत देउवामाथि दबाव बढाएका छन् ।
खुमबहादुर खड्काले आफ्नो कोटाबाट सिन्धुपाल्चोकका मोहन बस्नेतलाई मन्त्री बनाउन सुझाएका छन् ।