४ भदौ ०७४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तेस्रो पटक सरकार विस्तार गर्दैछन्।
आइतबार सत्तारुढ माओवादीले पार्टीकातर्फबाट राज्यमन्त्रीमा आठ जनाको नाम सिफारिस गरेपछि सरकार तेस्रो पटक विस्तार हुन लागेको हो ।
माओवादीबाट जाकिर हुसैन (उर्जा), श्यामकुमार श्रेष्ठ (गृह), रामा सिंह यादव (परराष्ट्र), शम्भुलाल श्रेष्ठ (स्वास्थ्य), कर्णबहादुर विक (आपूर्ति), छमबहादुर गरुङ (सहरी), गोमा कुँवर (पशुपन्छी), ओङ्दी शेर्पा (सामान्य प्रशासन) को नाम राज्यमन्त्रीका लागि सिफारिस गरिएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आज साँझसम्म राज्यमन्त्रीको सपथ हुने कार्यक्रम छ। मन्त्रिमण्डलमा कांग्रेसबाट १० र फोरम लोकतान्त्रिकबाट ३ जना राज्यमन्त्री थप गर्ने भने पनि अझैसम्म कांग्रेसले नाम टुंगो लगाउन सकेको छैन ।