३ कार्तिक ०७७, काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री र मन्त्रीहरूको दशैँ भत्ता कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने जानकारी दिएका छन् ।
सोमबार मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो जानकारी दिएका हुन् ।
मन्त्री गुरुङले प्रदेश र स्थानीय तहका पदाधिकारीहरूलाई समेत दशैं भत्ता कोभिड–१९ कोषमा जम्मा गर्नका लागि आग्रह गरेका छन् ।