६ असोज ०८२, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष महावीर पुनको नाम सिफारिस भएपछि पुनले आफूलाई मन्त्री नभनिदिन आग्रह गरेका छन् ।
आइतबार प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री नियुक्तिका लागि पुनको नाम राष्ट्रपतिलाई सिफारिस गरेपछि उनले यस्तो आग्रह गरेका हुन् ।
पुनले आफ्नो फेसबुक पेजमा लेखेका छन्, “मेरो पहिलो घोषणा – कसैले पनि लौ बधाई छ भनेर फोन नगर्नु होला र बधाई दिन खादा माला लिएर नआउनु होला ।”
“बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिना भित्र गर्न सकिने र गर्ने पर्ने ठोस काम र आईडिया छ भने मेरो हवाट्सएपमा पठाउनु होला ।, उनले लेखेका छन्, “मलाई कसैले पनि मन्त्री नभन्नु होला । कसैलाई मन्त्री नै भन्न साह्रै रहर छ भने ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्नु होला ।”














