२२ साउन, काठमाडौं । मलेसियामा शुक्रबार दिउँसो करीब १२ बजे सुनसरीको इटहरी घर भएका ३२ वर्षीय नेपाली नगेन्द्र चौधरीको हत्या भएको छ ।
जोहोरवारुको पासिरगुडाङ आयरविरुमा रहेको एक कम्पनीमा कार्यरत चौधरीलाई होस्टलमा सुतिरहेका बेला दुई जना हतियारधारी समूहले होस्टलको तीन तला माथिबाट फालिदिएका चौधरीको कम्पनीमा कार्यरत प्रकाश बस्नेतले जानकारी दिए ।
तीन तला माथिबाट फालिएका चौधरीको घटनास्थलमै मृत्यु भएको र घटना के कारणले भएको हो थाहा हुन नसकेको बस्नेतले बताए ।
घटनास्थलबाट प्रहरीले शवलाई लिएर गएको छ । घटनाको सम्वन्धमा नेपाली दूतावासमा जानकारी गराइसकेको बस्नेतले जानकारी दिए । तेल उत्पादन हुने उक्त कम्पनीमा ८० जना नेपालीहरु कार्यरत छन् ।