२२ साउन, काठमाडौं ।
जापानको हिरोसिमा नागासाकीमा बम खसाएको स्मृतिमा राजधानीमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको बानी रहस्यमय भएको बताएका छन् ।
एमाले अध्यक्ष ओलीले प्रचण्डलाई मधेस गयो, मधेससँग त पहाड गयो पहाडसँग ‘लभ’, जता गयो उतै ‘लभ’ पर्यो भन्ने गरेको आरोप लगाउँदै दाहालको बानी रहस्यमय भएको बताएका हुन् ।
‘अस्ती अस्ती मसँग पनि ‘लभ’ पर्यो भन्दै हुनुहुन्थ्यो, हो कि क्या हो भनेँ’ ओलीले भने, ‘केही नबोली च्याप्प म्वाइँ खाँदा पो थाहा भो !’
एमाले अध्यक्ष ओलीले प्रचण्डको अगाडिको दाँत दाह्रा रहेको हातले संकेत गर्दै ‘यस्तो पो रहेछ’ भन्दै राजनीतिमा कहिले काहीँ यस्तो हुने बताए ।