महत र लोहनीसँग ग्रिनकार्ड छ – नायक सरोज खनाल

२९ जेठ, काठमाडौं । नेपाली चलचित्रका पुराना नायक सरोज खनालले रामशरण महत र प्रकाशचन्द्र लोहनीसँग ग्रिनकार्ड रहेको ठोकुवा गरेका छन् ।

lohani-mahat-khanal

अमेरिका १७ वर्ष बसेर फर्केका नायक खनालले आफूसँग ग्रिन कार्ड रहेको एक टेलिभिजन कार्यक्रम मार्फत् खुलासा गर्दै पूर्वमन्त्री महत र लोहनीसँग ग्रीनकार्ड रहेको दावी गरेका हुन् । उनले ग्रीनकार्ड पनि लिने र राज्यका पद पनि ओगट्ने काम आफुबाट नहुने बताएका थिए ।

कांग्रेस नेता महत र राप्रपाका नेता लोहनीजस्तै अन्य नेतासँग पनि ग्रीनकार्ड  रहेको नायक खनाल भनाइ छ ।

कांग्रेस नेतृ सुजता कोइरालाले केही समय अघि मात्रै पनि रामशरण महतलाई बिदेशीको दलालको संज्ञा दिएकी थिइन् । उनलाई पार्टीबाट निस्कासन गर्नुपर्ने सार्वजनिक रुपमै बताएकी थिइन् ।

तपाइको मत