२७ बैशाख ०७७, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरु प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मतको पक्ष वा विपक्षमा नरहेको बताएका छन् ।
अध्यक्ष ठाकुरले संसदको विशेष अधिवेशनलाई सम्बोधन गर्दै आफूहरुले सरकारको पक्ष वा विपक्षमा कसैलाई पनि मत नदिने बताएका हुन् ।
“म विश्वासको मतको पक्ष वा विपक्षमा कसैलाई पनि मत दिन्न” ठाकुरले भने ।
लोकतान्त्रका लागि मिलेरै संघर्ष गरिएको भन्दै ठाकुरले लोकतन्त्रमा पनि आफ्ना सांसद रेशम चौधरी जेलमै रहेको, प्रदेशका मन्त्री र स्थानीय तहका कैयन सदस्यहरु तरिखमा रहेको बताए ।
उनले लोकतन्त्रमा अपराधी बाहेक जेलमा कैद नहुनु पर्नेमा जोड दिए ।