१५ कार्तिक ०७६, काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पकाउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान सकिएको छ ।
शुक्रबार जिल्ला अदालत, काठमाडौंमा न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासमा उनले बयान दिएका हुन् ।
बयान लामो भएपछि उनलाई आइतबार थुनछेक बहसमा लागि अदालतमा उपस्थित गराउने अनुमति पनि दिइएको छ । आइतबार थुनछेक बहस सकिएपछि महरा छुटने, धरौटीमा रिहा हुने वा पूर्पक्षका लागि कारगार चलान गर्ने अदालतले फैसला गर्नेछ ।
महरा संसद सचिवालयकी कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका थिए ।













