महानगरपालिकाले संस्कृतिविद सत्यमोहन जोशीलाई गाडी र सुरक्षा सुविधा दिने

१९ चैत्र ०७४, काठमाडौं । ललितपुर महानगरपालिकाले संस्कृतिविद सत्यमोहन जोशीलाई गाडी र सुरक्षा सुविधा दिने भएको छ ।

महानगरपालिकाले संस्कृति र सम्पदाहरुको संरक्षणमा सक्रिय रहेका जोशीलाई मेयर चिरीबाबु महर्जनको प्रस्तावमा यस्तो सुविधा दिन लागिएको हो ।

महानगरपालिकाका प्रवक्ता राजु महर्जनले उनलाई एउटा गाडी, चालक र एक सुरक्षा गार्ड उपलब्ध गराउन लागिएको बताए । जोशी चढ्ने गाडीको सबै खर्च महानगरपालिकाकले नै ब्यहोर्नेछ ।

‘उहाँ अझै पनि संस्कृति र सम्पदाहरुको खोज, संरक्षण र प्रवर्द्धनमा क्रियाशील हुनुहुनछ । वृद्ध उमेरमा उहाँलाई गाडी नहुँदा निकै असहज भयो, महर्जनले भने,’त्यसैले महानगरपालिकाले उहाँलाई सुरक्षाकर्मीसहितको गाडी सुविधा दिन लागेको हो ।’

प्रवक्ता महर्जनले आज पाटनढोकामा एक कार्यक्रमकाबीच जोशीलाई सेवा हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताए ।

जोशीले आगामी वैशाख ३० गते ९९ औं जन्मदिन मनाउँदै हुनुहुन्छ ।

 

तपाइको मत