७ असोज ०७४, पर्सा । विरगंज समाचारदाता ५ असोज ०७४, पर्सा । एक महानगरपालिका, तीन नगरपालिका र दश गाँउपालिका गरी १४ स्थानीय तह रहेको पर्सा जिल्लाका महानगरपालिकामा मात्रै मतगणना बाँकी रहेको छ ।
शनिबार साँझसम्मको मत परिमाणअनुसार अन्य १३ स्थानीय तहको मतगणना सम्पन्न भइसकेको छ ।
पछिल्लो मतगणना अनुसार विरगंज महानगरपालिकामा नेपाली काँग्रेसलाई पछि पार्दै संघीय समाजवादी फोरम नेपालले अग्रता लिएको छ ।
तेश्रो स्थानमा रहेको फोरम दोश्रो स्थान हँर्दै पछिल्लो समयमा पहिलो स्थानमा आइसकेको छ । काँग्रेसले संघीय समाजवादी फोरम नेपालललाई पछ्याइरहेको छ ।
संघीय समाजवादी फोरम नेपालले मेयरमा ८४१० मत ल्याई पहिलो स्थानमा र नेपाली काँग्रेसका प्रत्यासीले ८३३८ मत ल्याई दोश्रो, राजपाका मेयरले ६१४३ मत ल्याई तेश्रो स्थानमा रहेका छन् ।
नेपाली काग्रेसका उपमेयरले ९६४५ मत ल्याई पहिलो, संघीय समाजवादी फोरम नेपालले उपमेयरमा ८०९५ मत ल्याई दोश्रो राजपाका उप मेयरले ५२८० मत ल्याई तेश्रो स्थानमा रहेका छन् ।
माओवादी केन्द्र ३, संघीय समाजवादी फोरम नेपाल ३, नेपाली काँग्रेस ३, नेपाली जनता दल २ र एमाले २ पालिकामा विजयी भएका छन् ।
माओवादी केन्द्र ठोरी गाँउपालिकामा, जगरनाथपुर गाँउपालिका, छिपहरमाई गाँउपालिकामा विजयी भएको छ ।
त्यस्तै संघीय समाजवादी फोरम विन्दवासिनी गाँउपालिका, पकाहा मैनपुर गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका गरी ३ स्थानीय तहमा विजयी भएको छ ।
यसैगरी एमाले पटेर्वा सुगौली गाँउपालिका र जिराभवानी गाँउपालिकामा विजय भएको छ ।
यसैगरी नेपाली काँग्रेस पर्सागढी नगरपालिका, बहुदरमाई नगरपालिका र धोबिनी गाँउपालिका गरी ३ स्थानीय तहमा विजयी भएको छ ।
त्यसैगरी नेपाल संघीय समाजवादी पार्टी (नेपाली जनता दल)ले पोखरिया नगरपालिका, कालिकामाई गाँउपालिकामा जित निकालेको छ ।
माओवादी केन्द्र विजयी
१. ठोरी गाउँपालिका : (मेयर पदमलाल श्रेष्ठ ‘पीएल’/उपमेयर शान्ति थिङ)
२. छिपहरमाई गाउँपालिका :(मेयर मनोज गुप्ता/उपमेयर मदिना खातुन)
३. जगरनाथपुर गाउँपालिका : (मेयर जालिम मिया अन्सारी/उपमेयर संघीय समाजवादी फोरमकी विशमिला खातुन)
काँग्रेस विजयी
१. पर्सागढी नगरपालिका : (मेयर लोकनारायण यादव/उपमेयर अर्चना चौधरी)
२. धोबिनी गाउँपालिका : (मेयर सुरेश प्रसाद कुर्मी/उपमेयर संघीय समाजवादी फोरमका पारसनाथ प्रसाद कुर्मी)
३. बहुदरमाई नगरपालिका : (मेयर जितेन्द्र प्रसाद साह/उपमेयर गायत्री देवी यात्री)
संघीय समाजवादी फोरम विजयी
१. पकाहा मैनपुर गाउँपालिका: (मेयर विजय कुमार कुशवाह/उपमेयर कुसुमा देवी)
२. विन्दवासिनी गाउँपालिका: (मेयर श्रीलाल साह कानु ‘मोदी’, संघीय फोरम)/कांग्रेस, उपमेयर किरण देवी)
३. सखुवा प्रसौनी गाउँपालिका : (मेयर प्रदीप जयसवाल/उपमेयर फूलमती देवी थरुनी)
एमाले विजयी
१. पटेर्वा सुगौली गाउँपालिका: (मेयर हरिनारायण चौधरी–एमाले/उपमेयर ममता महतो –काँग्रेस)
२. जिराभवानी गाउँपालिका : (मेयर रामप्रित महतो/उपमेयर उषा चौधरी)
नेपाली जनता दल विजयी
१. कालिकामार्इ गाउँपालिका – पर्सा (मेयर नथुनी कुसवाह/उपमेयर संघीय फोरमका राजेश चौरसिया)
२. पोखरिया नगरपालिका – पर्सा (मेयर दिपनारायण रौनियार/उपमेयर संघीय समाजवादीकी सलमा खातुन)













