१३ चैत्र ०७७, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहको प्रेस चौतारी नेपाल बाहेक अधिकांश पत्रकार संगठनबीच गठबन्धन भएको छ ।
नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका लागि एघार पत्रकार संगठनबीच गठबन्धन गर्ने सहमति भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उक्त कदमको विपक्षमा उभिएका प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल (नेपाल–खनाल समूह), प्रगतिशील पत्रकार संघ नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, जनपत्रकार संगठन नेपाल, क्रान्तिकारी पत्रकार संगठन, मिडिया नेपाल, प्रेस सेन्टर नेपाल, देशभक्त पत्रकार संघ र लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाजबीच महासंघको आसन्न निर्वाचनका लागि गठबन्धन गर्ने सहमति भएको हो ।
यसैबीच ओली समूह निकट गणेश बस्नेत अध्यक्ष रहेको प्रेस चौतारीले महासंघको विधान विपरीत सदस्यता स्वीकृत, अनुमोदन र स्थान्तरण गरिएको भन्दै पत्रकार महासंघमा ज्ञापनपत्र बुझाएको छ ।