महिला हिंसा अन्त्य गर्न दृढतापूर्वक उभिरहने अन्टुफको प्रतिवद्धता

२५ फागुन ०७६, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)ले “११०औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अर्थात् ८ मार्च”को अवसरमा सम्पूर्ण श्रमिक महिलाहरूप्रति शुभकामना व्यक्त गरेको छ ।

महासंघले मार्च ८ का सन्दर्भमा आइतबार एक विज्ञप्ति जारी गरी शहीद, बेपत्ता, घाइते तथा अङ्गभङ्ग भएका सम्पूर्ण क्रान्तिकारी महिलाहरूमा उच्च सम्मान व्यक्त गर्दै महिला हिंसा अन्त्य गर्न सधैंभरि दृढतापूर्वक उभिरहने प्रतिवद्धतासहित शुभकामना व्यक्त गरेको हो ।

“जनवादी आन्दोलनको आधार स्तम्भकारुपमा खडा भएका श्रमिक महिला तथा आम महिलाहरुप्रति हक अधिकार प्राप्तिको आन्दोलनमा बढिरहन थप उर्जा मिलोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछ” महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “श्रमिक महिलाहरूमाथि गरिने सबै प्रकारको हिंसा तथा असमानताको अन्त्य गर्न र समतामुललक समाज निर्माणका लागि महिलाहरुको पक्षमा सधैंभरि दृढतापूर्वक उभिरहने प्रतिवद्धता व्यक्त गर्दछ ।”

“अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महान् जनयुद्ध, जनआन्दोलन लगायत अन्य राजनैतिक आन्दोलनहरूमा शहीद, बेपत्ता, घाइते तथा अङ्गभङ्ग हुनुभएका सम्पूर्ण क्रान्तिकारी महिलाहरूमा उच्च सम्मान व्यक्त गर्न चाहन्छौं” शुभकामना उल्लेख गरिएको छ ।

शुभकामना सन्देशको पूर्णपाठ :