१४ भदौ ०७४, काठमाडौं । सरकारले राष्ट्रिय महिला आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धि प्रचलित कानुनलाई संशोधन गर्ने तयारी गरेको छ ।
समितिको बुधबारको बैठकमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धि प्रचलित कानुनलाई तत्काल संशोधन गर्ने प्रतिवद्धता व्यक्त गरेकी हुन् ।
व्यवस्थापिका संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिको बैठकमा बोल्दै कोइरालाले आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी प्रचलित कानूनलाई संशोधन गर्न सरकार गम्भीर भएको र आयोगलाई पदाधिकारी विहीन हुने अवस्था आउन नदिन सरकार सचेत रहेको पनि बताइन् ।
बैठकमा समितिका सदस्यहरुले राष्ट्रिय महिला आयोगले कामै गर्न नसकेको आरोप लगाएका थिए । उनीहरुले आयोगको पदाधिकारी नियुक्ति प्रक्रियामा ढिलाई हुनुको कारण पेश गर्न सरकारसँग माग गरेका थिए ।