
३१ असोज ०७९, भक्तपुर । नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली महिलाहरुले न्यायीक फैसला गर्ने र एमालेलाई भोट हाल्ने बताएका छन् ।
अखिल नेपाल महिला संघ भक्तपुर क्षेत्र नं. २ ले सोमबार थिमीमा आयोजना गरेको क्षेत्रीय भेलामा बोल्दै नेता बस्नेतले यस्तो बताएका हुन् ।
नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा महिलाले खेलेको भूमिका अतुलनीय रहेको उल्लेख उनले महिला आन्दोलनकै उपलब्धिले अनेमसंघको पूर्वअध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति हुन सफल भएको पनि बताए ।
एक महिला एमाले भए दर्जनौं व्यक्ति एमाले हुने बताउँदै उनले आगामी निर्वाचनमा एमालेलाई विजयी गराउन सवैभन्दा बढी महत्वपूर्ण जिम्मेवारी महिलाको नै हुने बताए ।
‘नेपालको राजनीतिक तथा सामाजिक परिवर्तन वा रुपान्तरणको लागि महिलाले खेलेको भूमिका अतुलनीय रहेको छ,’ उनले भने, ‘एक महिला शिक्षित भयो भने त्यो परिवार नै शिक्षित हुन्छ । त्यसैले एउटा घरमा महिला एमाले भए उक्त घरपरिवार नै एमाले हुन्छन् । सोही अनुसार आगामी निर्वाचनमा केन्द्रीत भई महिला नेता तथा कार्यकर्ताहरु लाग्नुहोस् । देशभर एमालेलाई विजयी गराउनुस् ।’













