२९ जेठ ०७४, पर्सा । नेकपा माअाेवादी केन्द्रबाट वीरगन्ज महानगरपालिकाको मेयर उम्मेदवार बन्ने सम्भावना टरेपछि वीरगञ्जका व्यवसायी बसरुद्धिन अन्सारी नेकपा एमाले प्रवेश गरेका छन् ।
सोमबार वीरगञ्जमा आयोजित एक कार्यक्रमबीच नेशनल मेडिकल कलेजका प्रवन्ध निर्देशक समेत रहेका अन्सारी मेयर उम्मेदवार बन्ने शर्तमा एमाले प्रवेश गरेका हुन् ।
बसरुद्धिनकाे एमाले प्रवेशसँगै वीरगञ्जको चुनावी माहोलले नयाँ मोड लिएको छ ।
प्रतिस्पर्धामा कांग्रेस र मधेसवादी दलभन्दा पछाडि रहेको एमाले अन्सारीको प्रवेशसँगै टक्कर दिने अवस्थामा पुगेको बताइन्छ ।
दोस्रो संविधानसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार अन्सारीलाई एमालेका २ नम्बर प्रदेश संयोजक सत्यनारायण मण्डल, नेताहरु रघुवीर महासेठ, नागेन्द्र चौधरी लगायतले स्वागत गरेका थिए ।