२२ साउन ०७४, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रीय पदाधिकारी बैठक पेरिस डाँडा काेटेश्वरमा बस्दैछ ।
नेकपा माअाेवादी केन्द्रका कार्यालय सदस्य तथा फ्रयाक्सन ईन्चार्ज जयपुरी घर्तीकाे विशेष उपस्थितिमा बसेकाे बैठककाे सञ्चालन तथा एजेण्डा कार्यवाहक अध्यक्ष गणेश रेग्मीले प्रस्तुत गरेका छन् ।
कार्यवाहक अध्यक्ष रेग्मीले दिएकाे जानकारीअनुसार बैठकमा दुई नम्बर प्रदेशकाे असाेज २ गते हुने स्थानीय तहकाे निर्वाचन साथै प्रदेश र संघकाे निर्वाचनमा महासंघले खेेेेल्ने भूमिका, संगठन सुदृढीकरण, संगठनकाे अावश्यकताअनुसार विधिसम्मत संगठनलाई चुस्त बनाउने, विभागीय जिम्मेवारी ठाेस गर्ने साथै राष्ट्रिय सम्मेलनमा जाने सवालहरू बैठककाे एजेन्डामा समेटिएको छ ।
बैठकमा अतिथि शालिकराम जमरकट्टेल, महासंघका कार्यवाहक अध्यक्ष गणेश रेग्मी, उपाध्यक्ष जय कार्की, साेनालाल साह, धन बहादुर विक, राजेन्द्र किराँती, कार्सन लामा, एस.बी.थापा मगर महासचिव जगत सिंखडा साथै उपमहासचिवहरू र सचिवहरूकाे उपस्थिति रहेकाे छ ।