२३ माघ ०७४, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले राजस्व अनुसन्धान विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको निजी आवासमा तोडफोड गर्नुका साथै कालो झण्डा गाडेका छन् ।
तीन महिने जनजागर तथा भण्डाफोर अभियानमा रहेको नेकपाका कार्यकर्ताले मंगलबार बुढानिलकण्ठस्थित शर्माको निवासमा ढुंगामुढा प्रहार गरी तोडफोड गर्नुका साथै कालो झण्डा गाडेका हुन् ।
उनीहरुले शर्माको घरमा कालोझण्डा गाड्दै शर्मालाई सम्पति राष्ट्रियकरण गर्न माग गरेका छन् । घरमा तोडफोड भएकाले घरका अधिकांश सीसा, झ्याल, ढोकामा क्षति पु¥याएको पहरी जनाएको छ ।