माओवादी केन्द्रका अध्यक्ष दाहाल बहुमतका आधारमा प्रधानमन्त्रीमा निर्वाचित

१९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लार्इ बुधबार व्यवस्थापिका संसदले बहुमतका आधारमा नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित गरेको छ ।

Puspa k Dahal

उपस्थित ५७३ सदस्य रहेको संसदको बुधबारको बैठकका एक्ला उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ३६३ मत पाएर प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । व्यवस्थापिका संसदमा ५९५  सदस्य रहेकोमा प्रचण्डको विपक्षमा २१० मत खसेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०६५ सालमा गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनेका थिए ।

प्रधानमन्त्री बन्नु अघि कांग्रेस र माओवादी बीच सात बुँदे सहमति भएको थियो । निर्वाचनसम्म आइपुग्दा मधेसी मोर्चा, फोरम लोकतान्त्रिक, राप्रपा र साना दल दाहालको पक्षमा देखिए ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा रहेको राप्रपा नेपाल, नेकपा माले, नेमकिपा, राष्ट्रिय जनमोर्चा र केही साना दल ओलीको पक्षमा रहे पनि राप्रपा, फोरम लोकतान्त्रिक, परिवारसहित केही साना दल प्रचण्डको पक्षमा उभिए ।

तपाइको मत