माओवादी केन्द्रका नेताले किन च्याते निर्णय पुस्तिका ?

१९ भदौ, रोल्पा । स्थानीय तह पुनर्संरचना प्रावधिक सहयोग समितिले स्थानीय तहको पुनर्संरचना दलीय सहमतिमा पुनः सच्याएर निर्णय गर्न अस्वीकार गरेपछि नेकपा (माओवादी केन्द्र) रोल्पा जिल्लाका नेता सुरेन्द्र थापा ‘ध्रुव’ले निर्णय पुस्तिका च्यातिदिएका छन् ।

Maoist centre

माओवादी केन्द्रका जिल्ला नेता थापाले शनिबार बिहान बसेको समितिको बैठकमा स्थानीय तहको पुनर्संरचनाको विषयमा दलीय सहमतिमा पुनः सच्याएर निर्णय गरौं भनेको तर कुरा नमिलेपछि निर्णय गरिएका निर्णय पुस्तिकाको तीन पन्ना च्याँतेका हुन् ।

पुनर्संरचना आयोगले जिल्लाबाट साविकको नगरपालिकासहित ७ वटा स्थानीय इकाइको खाका पठाउन भनेको भए पनि साउन २६ गते जिल्ला तहको सहयोग समितिले एक नगरपालिका र ६ वटा गाउँपालिकाको प्रस्तावित खाका सार्वजनिक गरेको थियो । तर, भदौ १३ गते सहयोग समितिले दलीय सहमतिमा ५ वटा गाउँपालिका बनाउने निर्णय गरेको थियो ।

बैठकमा सहभागी कांग्रेसका नेता लेखमणी डाँगीकाअनुसार केही दलका नेता आफैंले गरेको निर्णयका विपक्षामा उभिएपछि सहयोग समितिले थप सहमतिका लागि शुक्रबार बैठक बोलाएको थियो तर, सहमति नजुटेपछि शनिबार विहान पुनः बैठक डाकिएको थियो । शनिबारको बैठकमा सामान्य छलफलकै क्रममा निर्णय पुस्तिका अध्ययन गर्ने भन्दै निर्णय पन्ना हेर्दै गरेका थापाले निर्णय पुस्तिका च्यातेपछि बैठक स्थगित भएको छ ।

तपाइको मत