माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू

९ असोज ०८२, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक प्रज्ञाभवन काठमाडौमा सुरूभएको छ ।

पार्टी अध्यक्ष प्रचण्डले असोज ९ र १० गते बस्ने बैठकमा पहिलो दिन शुक्रबार संक्षिप्त राजनीतिक तथा संगठनात्मक प्रस्ताव प्रस्तुत गरेका छन् ।

प्रस्तावमा महाधिवेशन र आगामी निर्वाचनमा जेनजी तथा युवा पुस्तालाई जोड दिने प्रस्ताव राखेको छ ।

प्रचण्डले केन्द्रीय समितिको बैठकमा केन्द्रीय समिति भंग गर्ने र आयोजक कमिटीमा रुपान्तरण हुने प्रस्ताव प्रस्तुत गरेका छन् ।

माओवादीले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने भनेको छ । यो प्रस्ताव पदाधिकारीबाट स्थायी समिति हुँदै केन्द्रीय समितिमा प्रस्तुत भएको हो ।