२२ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको पोलिटव्यूरो बैठकले आज संगठनात्मक कार्यविधि, महाधिवेशन र सरकारबारे महत्वपूर्ण निर्णय लिने बुझिएको छ ।
हिजो मंगलबारदेखि सुरु भएको माओवादी केन्द्रको पोलिटव्यूरो बैठकले महाधिवेशनको मिति, संगठनात्मक कार्यविधि, प्रधानमन्त्री ओली नेतृत्वको वर्तमान सरकारबारे महत्वपूर्ण निर्णय लिने हेडक्वाटरमा रहेका एक सदस्यले हाकाहाकी डटकमलाई बताए ।
स्रोतकाअनुसार संविधान कार्यान्वयन गर्न, शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न, आन्तरिक र बाह्य राष्ट्रियतालाई मजबुत गर्न, मधेशी, आदिवासी, जनजाति, थारु लगायतका हाल भइरहेका आन्दोलनका जायज मागहरुलाई सम्बोधन गर्न साथै भुकम्प पीडितहरुका समस्या हल गर्न राष्ट्रिय सहमतीय सरकारको आवश्यकता छ ।
‘यदि राष्ट्रिय सहमतीय सरकार नबन्ने अवस्था आएमा मुद्दा मिल्नेसँग मिलेर अघि बढ्ने माओवादी केन्द्रको निर्णय हुन्छ ।’ स्रोत भन्छ, ‘तर, राष्ट्रियता, जनतन्त्र, जनजिविकाका सवालमा राष्ट्रिय सहमतिको सरकार गठन हुनु पर्दछ भन्नेमा हाम्रो जोड रहेको छ ।’