माओवादी केन्द्रको बैठक ‘प्रचण्ड’ निवास लाजिम्पाटमा बस्दै

३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्ष ‘प्रचण्ड’ निवास लाजिम्पाटमा पछिल्लो राजनीतिक अवस्था बारे छलफल गर्न बैठक बस्दैछ ।

Maoist centre

बैठकमा नयाँ सरकार गठनबारे छलफल हुने जनाइएको छ । केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै संसदमा नेपाली कांग्रेससँग मिलेर अविश्वासको प्रस्ताव दर्ता गरेको केन्द्रले आफ्नो नेतृत्वमा सरकार गठनको गृहकार्य गरिरहेको छ ।

माओवादी केन्द्रको अध्यक्ष ‘प्रचण्ड’ले सरकार परिवर्तनको निर्णय गर्दा संस्थागत रुपमा छलफल नगरेको भन्दै नारायणकाजी श्रेष्ठ, टोपबहादुर रायमाझी, शक्ति बस्नेत लगायतले केही दिन अघिदेखि सार्वजनिक रुपमै प्रचण्डको आलोचना गरेका थिए ।

तपाइको मत