माओवादी केन्द्रको सचिवालय बैठक श्रावण २ गतेदेखि बस्दै

२८ असार ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्रको हेडक्वार्टर बैठकले स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनको समीक्षा गर्दै पार्टी केन्द्रीय सचिवालयको बैठक साउन २ गतेदेखि बस्ने बताएको छ ।

मंगलबार दिउँसो पार्टी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा बसेको हेडक्वार्टर बैठकले निर्वाचनको  समीक्षा गर्दै जिल्ला ईन्चार्जहरु समेतको उपस्थितिमा सचिवालयको बैठक साउन २ गतेदेखि बस्ने निर्णय गरेको हो । साथै, बैठकले केन्द्रीय सचिवालयको बैठकका एजेण्डा पनि तय गरेको छ ।

बैठकमा पार्टी अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनबारे प्राप्त रिपोर्ट, सरकार सञ्चालन र संविधान संशोधन विधेयक लगायतका विषयमा भएको प्रगतिबारे जानकारी गराएका थिए ।

बैठकले निर्वाचनको समीक्षा गर्दै दोस्रो चरणको निर्वाचनमा पार्टीले अपेक्षा गरेको परिणाम हासिल गर्न नसकेको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

पार्टी एकताको भाव जनस्तरसम्म राम्रोसँग सम्प्रेषण गर्न नसकिएको, संगठनात्मक व्यवस्थापन गर्न नसकिएको, पार्टी नेतृत्वको सरकारले गरेका जनपक्षीय कामहरुलाई जनतासम्म प्रभावकारी रुपमा सम्प्रेषण गर्न नसकिएको र अहिलेको निर्वाचन निम्न वर्गका प्रतिनिधिहरुले प्रतिस्पर्धा गर्न निकै चुनौतिपूर्ण भएको बैठकले निष्कर्ष निकालेको छ ।

 

तपाइको मत