माओवादी केन्द्रको स्थायी समिति बस्दै : आसन्न निर्वाचनको रणनीति तय गरिने

३० साउन ०७९, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ ।

एक स्थायी समिति सदस्यकाअनुसार बैठकमा आसन्न निर्वाचनको रणनीति लगायतका विषयमा छलफल हुनेछ ।

ती नेताले बैठकमा डा. बाबुराम भट्टराई नेतृत्वको पार्टी नेपाल समाजवादी पार्टी (नेसपा)सँग पनि सहकार्य गर्ने लगायतका विषयमा छलफल हुने बताए ।

आइतबार प्रचण्ड र डा. भट्टराई बीच भएको छलफलमा भट्टराई आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्नमा निर्वाचन लड्न मौखिक सहमति जनाएको ती स्थायी समिति सदस्यले बताएका छन् ।