११ साउन ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्रले मन्त्री बन्ने नेताको नाम टुङ्गो लगाएको छ ।
बुधबार माओवादी केन्द्रले मन्त्री बन्ने ६ नेताको नाम टुङ्गो लगाएको हो ।
स्रोतकाअनुसार माओवादी केन्द्रले गिरिराजमणि पोखरेललाई स्वास्थ्यमन्त्री, महेन्द्रकुमार शाहीलाई उर्जामन्त्रीमा पठाउने तयारी गरेको छ ।
यसैगरी माओवादीबाट मन्त्री बन्ने अन्य नेताहरुमा शिवकुमार मण्डल, आशा खनाल कोइराला, टेबहादुर बस्नेत र सन्तकुमार चौधरी छन् । उनीहरुको मन्त्रालय तय टुंगिएको छैन । यस्तै माओवादीले केही राज्यमन्त्री पनि पठाउने तयारी गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस, माओवादी केन्द्रसहितका दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।