११ जेठ ०७९, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह मा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने भएको छ ।
बुधबार बसेको माओवादी केन्द्रको पूर्वस्थायी समिति सदस्यहरुको अनौपचारिक बैठकले स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने निर्णय गरेको हो ।
माओवादी केन्द्रका अनुसार पार्टीबाट निर्वाचित पालिका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षलाई जेष्ठ १७ र १८ गते काठमाडौंमा प्रशिक्षण दिइनेछ ।
स्थानीय निर्वाचन -२०७९ मा माओवादीबाट १ सय २१ पालिकामा प्रमुख र १ सय २८ पालिकामा उपप्रमुख निर्वाचित भएका छन् ।













