माओवादी केन्द्रीय समिति बैठक पेरिसडाँडामा सुरु

३ पुस ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि मुलुकको राजनीतिक अवस्था, सरकार गठन, निर्वाचनमा प्राप्त मतपरिणाम लगायतका विषयमा छलफल गर्न बैठक बसेको प्रवक्ता पम्फा भुसालले बताईन् । चुनावी परिणाम आइसकेपछि बसेको यो माओवादीको पहिलो केन्द्रीय समिति बैठक हो ।

बैठकमा नेकपा एमालेसँग गठबन्धन गरेर निर्वाचनमा सहभागी भएपछिको अवस्था, पार्टी एकता, चुनाब समीक्षा र पार्टीको समग्र अवस्थाको विषयमा छलफल गर्ने कार्यसूची रहेको भुसालले जानकारी दिइन् ।

यस्तै नयाँ जनादेश प्राप्त भइसकेपछि पनि सरकारले नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त नगरिरहेको सन्दर्भमा कसरी अगाडि बढ्ने भन्ने विषयमा समेत बैठकमा छलफल हुनेछ ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेताहरु कृष्णबहादुर महरा, रामबहादुर थापासहितको उपस्थिति छ ।

तपाइको मत