माओवादी तत्काल सरकारमा सहभागी नहुने

३ फागुन ०७४, काठमाडौं । केपी ओलीले नेतृत्व गरेको सरकारमा माओवादी केन्द्र सहभागी नहुने भएको छ।

बिहीबार बिहान प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले ओली सरकारलाई समर्थन गर्ने तर सरकारमा तत्काल नजाने निर्णय गरेको हो ।

बुधबार रातिको बैठकमा माओवादीले जबज र २१ औ शताब्दीको जनवाद दुवैलाई थाती राखेर महाधिवेशनमा जानु पर्ने प्रस्ताव राखेका थिए । तर  एमालेले जबज छोड्न नसकिने बताएपछि माओवादी तत्काललाई सरकारमा नजाने निर्णयमा पुगेको हो ।

बैठकमा लिखित सहमति गर्ने बेलामा एमाले नेता माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद(जबज) छोड्ने नसक्ने बताइरहँदा ओलीले जबजलाई दृढतापूर्वक कार्यान्वयन गर्ने बताएपछि माओवादी भड्किएका थिए ।

प्रधानमन्त्री ओलीले माओवादीसँग पहिलो मन्त्रिपरिषदको गठनका लागि दुईजना मन्त्री मागेका थिए तर माओवादीले सरकारमा तत्काल नजाने भन्दै मन्त्रीको नाम समेत पठाएन ।

बैठकमा नेता रामबहादुर थापा ‘बादल’, कृष्णबहादुर महरा, गिरिराजमणी पोखरेल लगायतका नेताहरु सहभागी रहेको थिए ।

तपाइको मत