माओवादी तयार भए एमालेे तालमेल गर्न तयार रहेको माधव नेपालको भनाई

१० असोज ०७४, चितवन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संघ र प्रदेशको निर्वाचनमा माओवादी केन्द्र वामपन्थी तालमेलका लागि तयार भए आफूहरु तालमेल गर्न तयार रहेको बताएका छन् ।

मंगलबार प्रेस चौतारी नेपाल, चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले एउटै दलले मात्रै बहुमत ल्याएर सरकार चलाउने अवस्था नरहेकाले अबको निर्वाचनमा वाम तालमेल आवश्यक रहेको बताएका हुन् ।

केन्द्रस्तरबाट नै तालमेल हुनुपर्ने बताउँदै नेता नेपालले केन्द्रबाट सम्भव नभए स्थानीयस्तरबाट पनि तालमेल गर्नु पर्ने बताए ।

नेता नेपालले काँग्रेस र माओवादी केन्द्रबीच तालमेल भए एमाले एक्लै निर्वाचनमा जाने बताए ।

एक प्रश्नमा नेता नेपालले काठमाडौँ वा रौतहटमध्ये एक ठाउँबाट आफू उम्मेदवार बन्ने भन्दै जहाँका जनताले बढी माया गर्छन् त्यहीबाट निर्वाचन लड्ने समेत बताए ।

तपाइको मत