माओवादी र समाजवादी एउटै चुनावी घोषणापत्र लिएर जान सहमत

६ भदौ ०७९, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा एउटै चुनावी घोषणापत्र लिएर जान सहमत भएका छन् ।

ललितपुरमा भएको दुई दलको छलफलसँगै दुबै दल प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा एउटै चुनावी घोषणापत्र लिएर जान सहमत भएका हुन् ।

छलफलमा सहभागी एक नेताकाअनुसार माओवादी केन्द्र र समाजवादी पार्टी एकताका लागि संयोजन समिति बनाउने सहमति पनि भएको छ ।

एकीकृत समाजवादीले पार्टी एकता समायोजन समिति बनाउने निर्णय गरेपछि माओवादी केन्द्रसँग पहिलो पटक वार्ता भएको थियो ।

२०७४ को प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रले एउटै चुनावी घोषणा पत्र बनाएर निर्वाचनमा गएका थिए ।