६ फागुन ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल चयन भएका छन् ।
आइतबार बिहान बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष प्रचण्डलाई नै दलको नेता चयन गरेको हो । पार्टी प्रवक्ता पम्फा भुसालले माओवादी केन्द्र संसदीय दलको आज बसेको बैठकले पार्टी अध्यक्षलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेकाे बताइन् ।
बैठकमा अध्यक्ष दाहालले पार्टी एकता, सरकार गठनलगायत समसामयिक विषयमा ब्रिफिङ गरेको प्रवक्ता भुसालले बताइन् ।
बैठकले एमाले र माओवादी केन्द्रबीचको वार्ता र सहमतिबाट टुंगाउन पहल गर्ने निर्णय गरेको छ । पार्टी एकता टुंगिएपछि मात्र सरकारमा कसको नेतृत्वमा पठाउने बारे छलफल हुने उनले बताइन् ।
पार्टीले समानुपातिकबाट निर्वाचित सांसदलार्इ प्रमाणपत्र वितरण गरेकाे छ ।













