१४ असोज ०७६, परासी । बरुण वेभरेजमा कार्यरत निश्कासित मजदुरहरूले असोज १७ गतेभित्र आफ्ना मागहरू पूरा नभए तालाबन्दी लगायतका कार्यक्रम गर्ने बताएको छ ।
मंगलबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिन पुगेका उनीहरूले निश्कासित मजदुरहरूको पुनर्वहाली साथै श्रम ऐन, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयन नगरिए बरुण वेभरेजविरुद्ध सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, राजपा लगायतका राजनीतिक दलका प्रतिनिधिहरूले मजदुरका जायज मागको सम्बोधन गर्न र निश्कासित मजदुरको पुनर्बहाली गर्नु पर्ने भन्दै श्रमिकहरूको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् ।
भिडियो : बरुण वेभरेजबाट निश्किासित मजदुरहरूको पुनर्बहाली नगरिए सशक्त आन्दोलनमा जाने उद्घोष गर्दै नेकपाका युवा नेता हरि भण्डारी ।















