माघ २७ देखि २९ गते सम्म बारा महोत्सव

रामबाबु मेहता ।
८ माघ, बारा  । प्रथम एतिहासिक बारा महोत्सव तथा कृषि महोत्सव २०७३ को तयारी पुरा भएको नेपाल मत्स्य ब्यवसायी संघले जानकारी गराएका छन् ।

शनिबार रिपोर्टस क्लवको आयोजनामा पत्रकार सम्मेलन गरी बार्षिक करिब ३ अर्वको आयतित माछालाई प्रतिस्थापित गर्दै आत्मनिर्भर बनाउने उद्देश्यका साथ नेपाली माछाको उत्पादकत्व वृद्धिको खोजी गर्न सदरमुकाम कलैयाको कृषि बजारमा यही माघ २७ देखि २९ गते सम्म महोत्सव गर्न लागेको नेपाल मत्स्य व्यवसायी संघका जिल्ला अध्यक्ष जंगबहादुर साहले बताएका हुन् ।

२१ लाख ५५ हजारको लागतमा हुने सो महोत्सवका लागि आर्थिक तथा तयारी समितिको संयोजकमा बिरेन्द्र चौधरी, प्रचारप्रसार समितिको संयोजकमा रबिन्द्र चौधरी, अवास तथा खानपिन समितिको संयोजकमा राजेश्वर थापा, अतिथी सत्कारको संयोजकमा परमानन्द सहनी र साँस्कृतिक ब्यवस्थापन समितिको संयोजकमा संजय चौधरी चयन गरेको साहले जानकारी दिए ।

सांसद फरमुल्लाह मंसुरले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै माछा उत्पादन भए पनि बजारीकरणको अवस्था कमजोर रहेको हुँदा चाहे जति किसानहरु लाभदायी हुन नसकेको बताए ।

उनले माछा खेतीमा किसानहरुलाई  उत्साही हुन आग्रह गर्दै सरकारले बाटोघाटोको व्यवस्था, बजारीकरण  र उचित विद्युतको व्यवस्था गर्न सरकारको ध्यान केन्द्रित हुनु पर्नेमा जोड दिए ।

कार्यक्रमलाई सांसद राधेचन्द्र यादव, रामअयोध्या यादव, नेपाल मत्स्य व्यवसायी संघका वरिष्ठ केन्द्रिय उपाध्यक्ष मधुसुधन अधिकारी, केन्द्रिय सदस्यहरु गिरधारी चौधरी, शिवहरिच आचार्य, सल्लाहकार भुनेश्र धामी र कृषि विकास कार्यालयका प्रमुख शिवरत्न साह लगायतले महोत्सवमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।

उक्त महोत्सवमा ५० वटा स्टलहरु राखी माछाका बिभिन्न परिकारहरु बनाई प्रदर्शन गरिने तयारी समितिका संयोजक बिरेन्द्र चौधरीले बताए ।

क्लवको अध्यक्ष सिकेन्द्र पासवानको अध्यक्षता तथा सचिव अनिल गुप्ताको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाइको मत