मादी नदीमा बाढी आएपछि कास्कीको सोँधा गाउँको घर बगायो

११ साउन, कास्की । अविरल वर्षाले मादी नदीमा बाढी आएपछि कास्कीको पार्चे-१ सोँधा गाउँको स्थानीय अशोक भुजेल र बालसिहं भुजेलको घर बगाएको छ ।

स्थानीयका अनुसार बाढीले स्थानीय क्लिनिक र विद्यालयको पुरानो भवन पनि बगाएको छ । वर्षासँगै मादी नदीमा बाढी आएपछि स्थानीय आशमाया गुरुङ, पुष्पा गुरुङ, गोपाल गुरुङ, तुलसी घर्ती, चित्रकुमारी गुरुङ, भौमाया क्षेत्रीको घर पनि जोखिममा परेको छ । केही दिन अगाडी सोही ठाउँकी कन्या कुमारी गुरुङको घर पनि मादीले बगाएको थियो ।

सोमबार बेलुकादेखि परेको अविरल वर्षाका कारण कास्कीको घट्टेखोलामा पहिरो खस्दा पोखरा-बागलुङ सडकखण्ड अबरुद्ध भएको छ । विहान करीब साढे ४ बजे सडकमाथीको भीरबाट लेदो माटो खसेर सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

तपाइको मत