२४ बैशाख ०७४, गुल्मी । पछिल्लाे समय माेफसलमा महिला पत्रकारकाे संख्या घट्दाेस्थिति रहे पनि गुल्मी जिल्लामा भने ठीक उल्टाे देखिएकाे छ ।
जिल्लामा सक्रिय महिला पत्रकार अाैंलामा गन्न सकिने भए पनि पत्रकारिता सिक्ने र चासो राख्नेकाे संख्या उल्लेख्य रहेकाे पाइएकाे छ ।
नेपाल अादिवासी जनजाति पत्रकार महासंघ गुल्मी र ग्रामिण सामुदायिक विकास केन्द्र गुल्मीकाे अायाेजनामा अायाेजित अाधारभूत पत्रकारिता तालिममा ३५ जना प्रशिक्षार्थीकाे सहभागिता रहेको थियोे ।
जनजाति पत्रकार महासंघ गुल्मीका अध्यक्ष गणेशबहादुर सारूले जिल्लामा महिला पत्रकारको संख्या खस्किँदाे अवस्थामा रहे पनि तालिममा दुई दर्जन बढी महिला प्रशिक्षार्थीले सहभागिता जनाएकाे बताए ।
पछिल्लाे समय महिलाहरूमा अाएकाे जागरणले तालिममा महिला प्रशिक्षार्थीकाे संख्या उल्लेख्य रहेकाे बताउँदै सारूले अागामी दिनमा सिपमूलक तथा जनचेतनामूलक कार्यक्रम गर्दै जाने समेत बताए ।
क्षमता अभिवृद्धि गर्ने उदेश्यले बैशाख २१ गतेदेखि २४ गतेसम्म सञ्चालित पत्रकारिता तालिममा पत्रकार साेमबहादुर थापा मगर, टेनिस राेका, प्रेम सुनार, हुमाकान्त पाेखरेल लगायतले प्रशिक्षण दिएका थिए ।