१ जेठ ०७५, राजविराज । सप्तरी लगायत तराई मधेशका जिल्लाहरुमा धुमधाम र श्रद्धापूर्वक बट सावित्री पर्व मनाइएको छ ।
मंगलबार ब्रतालु महिलाहरुले पतिको रक्षा र लामो आयुको कामना गर्दै लगनगाँठोको प्रतिक मंगल धागो बरको रुखमा बेरी बट सावित्री पर्व मनाएका हुन् ।
बिहानैदेखी राजविराजको भगवति मन्दिर, राम मन्दिर, राधाकृष्ण मन्दिर र नगर आसपासका बरका रुखमूनी ब्रतातु महिलाहरुको घुँइचो लागेको थियो ।
धार्मिक ग्रन्थका अनुसार सावित्रीले मृत पति सत्यवानको पुर्नजिवनका लागि बटबृक्षको पुजा गरेकी थिइन् भन्ने कुरा किंवदन्तीमा पाइन्छ ।
मिथिला संस्कृतिमा पतिलाई देउताको रुपमा पुजा गर्ने परम्परा पुरानो हो । पतिको लामो आयुसँगै यो पर्व प्रकृति पुजाको रुपमा पनि लिने गरिएको ब्रतालु महिलाहरुले बताएका छन् ।
जिल्ला सदरमुकाम राजविराजका साथै ग्रामिण क्षेत्रका ब्रतालु महिलाहरुले बिहानै जलाशयमा नुहाएर निरहार बसी बरको रुख घेरेर पुजामा सहभागि भएका थिए ।