२८ भदौ ०७७, काठमाडौं । खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशकमा मीना श्रेष्ठ नियुक्त भएकी छन् ।
खानेपानी मन्त्रालयको शुक्रबारको बैठकले खानेपानी तथा ढल व्यवस्थापन विभागको उप महानिर्देशक पदमा कार्यरत श्रेष्ठलाई महानिर्देशकमा पदस्थापन गर्ने निर्णय गरेको थियो ।
खानेपानी मन्त्रालयका मन्त्रालयका सहसचिव एवम् प्रवक्ता रितेशकुमार शाक्यले विभागका महानिर्देशक सुनिलकुमार दास मन्त्रालय सरुवा भएसँगै श्रेष्ठलाई महानिर्देशकमा पदस्थापन गरिएको जानकारी दिए ।
देशभर खानेपानी र ढल व्यवस्थापनको जिम्मेवारी रहेको विभागमा सहसचिव श्रेष्ठले पहिलो महिला महानिर्देशकको जिम्मेवारी सम्हालेकी छन् ।