मुम्बईमा आवासीय भवन भत्किदा ११ को मृत्यु, ४० पुरिएको आशङ्का

मुम्बई ।  भारतको  राजधानी मुम्बइमा बिहीबार एक आवासीय भवन भत्किँदा  ११ जनाको मृत्यु भएको छ भने ४० जना पुरिएको आशङ्का गरिएको छ ।

बिहान  ८:४० मा भत्किएको  भवनको भग्नावशेषबाट ३ महिला र ८ पुरुष गरी ११ जनाको मृत्यु भएको हो । अहिलेसम्म २४ जनालाई जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।

दुई दिनदेखि भारी बर्षाका कारण उक्त भवन भत्किएको अुनमान गरिएको छ ।   भत्किएको भवनमा परी पुरिएका वा च्यापिएका व्यक्तिको उद्वारका लागि भारतीय प्रहरीको विशेष कमाण्डो सम्मिलत ४३ जना खटिएको बताइएको छ ।

प्रहरीले भवन तीन तले रहेको बताए पनि दमकलका कर्मचारीले भने उक्त भवन पाँच तलाको रहेको बताए । स्थानीयवासीका अनुसार  सो भवनमा ९ जनाको परिवार बसोबास गर्दै आएका थिए ।

तपाइको मत