मुलुक असहज अवस्थाबाट गुज्रिरहेकाले उच्च सावधानीका साथ आफ्नो दायित्व निभाउन गृहमन्त्रीको निर्देशन

८ पुस, नेपालगञ्ज ।
मध्यपश्चिम र सुदूरपश्चिमका सुरक्षा प्रमुखहरुको भेलालाई सम्बोधन गर्दै गृहमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको स्थिति असहज अवस्थाबाट गुज्रिरहेकाले उच्च सावधानीका आफ्नो दायित्व निभाउन निर्देशन दिएका छन् ।

Secutary-Velaकालोबजारी, असहज आपूर्तिलगायतका समस्यालाई तत्काल हटाएर स्थिति सहज पार्न गृहमन्त्री बस्नेतले निर्देशन दिँदै बदलिएको परिस्थितिमा त्यही ढङ्कले सुरक्षा अवस्था चुस्त, दुरुस्त र मजबुत राख्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिए ।

बाँकेको नेपालगञ्जमा आयोजित क्षेत्रीय गोष्ठीमा सहभागीहरुले भारतीय नाकाबन्दीका कारण इन्धन अभाव भएको र यसले सुरक्षा चुनौती थपिएको बताए । ब्रिफिङ गर्ने अधिकांश प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरुले स्रोत साधन, जनशक्ति, भौतिक पूर्वाधारलगायतका अभावले चुनौती थपेको गृह मन्त्रालयका सहसचिव लक्ष्मीप्रसाद ढकालले जानकारी दिए ।

गोष्ठीमा जिल्लाको शान्ति सुरक्षा कायम गर्न एकीकृत सुरक्षा योजना अनुसार नै कार्य सञ्चालन भइरहेको सुरक्षा प्रमुखहरुले ब्रिफिङ गरेका थिए ।

तपाइको मत