मृत्यु भइसकेका व्यक्तिको कोभिड–१९ परीक्षण नगर्न, नगराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

३१ भदौ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु भइसकेका व्यक्तिहरुको कोभिड–१९ परीक्षण नगर्न, नगराउन निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकको निर्णयबारे जानकारी दिँदै मृत्युपछि कोरोना परीक्षण नगर्न, नगराउन निर्देशन दिएका हुन् ।

शंकास्पद व्यक्तिको शव व्यवस्थापन (दाहसंस्कार) गर्दा स्वास्थ्य सुरक्षा साथै सावधानीहरु अपनाउनु पर्ने र नीजको सम्पर्कमा रहेका व्यक्तिहरु अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने उनले बताए ।

मृत्यु भएका व्यक्तिहरुको पनि कोभिड–१९ परीक्षण गरिएको जानकारीमा आएको भन्दै प्रवक्ता गौतमले भनेका छन्, ‘शवबाट नमुना निकाली कोभिड–१९ परीक्षण गर्ने काम नगर्ने नगराउने ।’