मृत्यु हुने कोरोना संक्रमितको संख्या ६५ पुग्यो

२२ साउन ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु हुने कोरोना संक्रमितको संख्या ६५ पुगेको जानकारी दिएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको र यससँगै निधन हुने संक्रमित संख्या ६५ पुगेको जानकारी दिएका हुन् ।

उनले मोरङ जिल्ला रंगेली नगरपालिका ८ दर्वेसा बस्ने ४५ वर्षीय एक पुरुषको साउन २१ गते ज्वरो तथा स्वासप्रश्वासमा समस्या भई कोशी अस्पताल ल्याइपु¥याउँदा निधन भएको बताए ।

यस्तै कोशी अस्पतालमै कोरोना संक्रमित मोरङ जिल्ला बिराटनगर महानगरपालिकाका ४५ वर्षीय पुरुषको र सर्लाही जिल्ला मलंगवा नगरपालिका ८ निवासी ६५ वर्षीय एक महिलाको साउन २१ गते सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा निधन भएको उनले बताए ।

यसैगरी धनुषा जिल्ला मिथिला नगरपालिका १० लालगढ बस्ने ७२ की एक महिलाको साउन १७ गते दिउँसो ओम अस्पताल चावहिलमा निधन भएको जानकारी दिँदै उनले सप्तरी जिल्ला रुपनी नगरपालिका ५ बस्ने वर्ष ४२ का एक पुरुषको साउन २१ गते निधन भएको जानकारी दिए ।