मृत्यु हुने कोरोना संक्रमितको संख्या २८, कोभिड-१९ पुष्टि भएको १२ हजार ३ सय ९ जना

१३ असार ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा पछिल्लो परीक्षणमा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको बताउँदै उनले मृतक कैलालीको गोदावरी नगरपालिका -७ का ५० वर्षीय पुरूष रहेको र निज फोक्सोको क्यान्सरको बिरामी रहेको जानकारी दिए । योसँगै मृत्यु हुने कोरोना संक्रमितको संख्या २८ पुगेको छ ।

यस्तै अहिलेसम्म कूल डिस्चार्ज हुनेको संख्या २ हजर ८ सय ३४ जना पुगेको छ ।