मेडिकल कलेज मनमोहन र बीएन्डसीले सम्वन्धन पाउने

२३ साउन ०७४, काठमाडौं । संसदीय समितिले मनमोहन र बीएन्डसी मेडिकल कलेजलाई सम्वन्धन दिन सकिने गरी चिकित्सा शिक्षा विधेयक संशोधन गर्ने भएको छ ।

सोमबार संसदको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समिति अन्तरर्गतको कार्यदलले विधेयकको दफा १३ मा संशोधन गर्ने सहमति जुटाएको हो ।

आशयपत्र पाएका, भौतिक पूर्वाधार भएका र अनुगमन निरीक्षण भइसकेकालाई सम्वन्धन दिन सकिने  गरी चिकित्सा शिक्षा विधेयक संशोधन गर्ने सहमति भएको हो ।

समितिकी सभापति रञ्जु झा सदस्य रहेको कार्यदलले बुधबार बैठक बसेर विधेयक पास गर्ने तयारी गरेको छ ।

कार्यदलमा भएको सहमति अनुसार चिकित्सा शिक्षा विधेयक पास भएमा काठमाडौंमा मनमोहन, बिर्तामोडको बी एण्ड सी लगायतका मेडिकल कलेजले सम्वन्धन पाउनेछन् ।

राजधानी उपत्यकामा भने १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लगाउने दफा १२ मा कायमै राखेको छ ।

तपाइको मत