मेलम्चीको पानी भक्तपुर नगरपालिकामा वितरण सुरु

१२ जेठ ०७९, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी भक्तपुर नगरपालिकामा पनि वितरण सुरु गरिएको छ ।

बिहीबार दिउँसो १२ बजेदेखि भक्तपुरबासीलाई मेलम्चीको पानी वितरण गरिएको हो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र केयूकेएल भक्तपुरका निवर्तमान प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठले संयुक्तरुपमा मेलम्चीको पानीको साँचो खोली भक्तपुर नगपालिकाको वडा नम्बर १, २, ३, ४ र ५ मा खानेपानी वितरण सुरु भएको हो ।