मैथिली प्रतिभा पुरस्कारबाट बिरपुरीया र दशनी देवी सम्मानित

राजविराज । गायक सुभाष यादव ‘बिरपुरीया’ र कलाकार दशनी देवी यादव मैथिली प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन् ।

सोमबार एक कार्यक्रम बीच सप्तरीका मैथिली गायक बिरपुरीया र कलाकार दशनी देवी मैथिली प्रतिभा पुरस्कारबाट सम्मानित भएका हुन् ।

मैथिली गीत संगीत क्षेत्रमा क्रियाशील उनीहरुलाई दिवाकर देवकोटाले सम्मान गरेका थिए भने हाँस्य कलाकार महेन्द्र मण्डल बनबरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन भुपेन्द्र मण्डलले सञ्चालन गरेका थिए ।

तपाइको मत