​आफ्नै बुबासँग अपहरणको नाटक गरी फिरौती माग्ने तीन पक्राउ

८ साउन ०७४, राजविराज। एक भारतीय नागरिकले ब्यापार घाटा पूर्ति गर्न आफ्नै बुबासँग अपहरणको नाटक गरी फिरौती माग गर्ने छोरासहित तीन जनालाई आइतबार प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

राजविराजस्थित जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकारसम्मेलनमा भारतको सुपौल जिल्लाको डगमारा ग्राम पञ्चायत–८ कुनौलीका गोसाइ मण्डलको २२ वर्षीय छोरा देवचन्द्रकुमार मण्डलले अपहरणको नाटक गरी नेपालतर्फ आई सप्तरी आएर आफ्नै बुबासँग फिरौतीको माग गर्न लगाएकाले सहयोगीसहित उनलाई पक्राउ गरेको हो ।

देवचन्द्रका अनुसार  व्यापारमा  टाट पल्टिने अवस्था आएकाले आफ्नै बुवा गोसाईसँग १ लाख रुपैयाँ सहयोग माग्दा नदिएकाले रकम लिन अपहरणको नाटक रचेको बताएका छन् ।

पक्राउ पर्नेमा भारतको सुपौल जिल्ला डगमारा ग्राम पञ्चायत ८ थाना कुनैली वस्ने २० वर्षिय देवचन्द्र कुमार मण्डल, सप्तरी सुरुंगा नगरपालिका ५ का २० वर्षीय नागेन्द्र चौधरी र सिरहा धनगढी नगरपालिका ४ वस्ने २४ वर्षिय रविन चौधरी हुन् । मण्डलले नागेन्द्र र रविनलाई ५/५ हजारको प्रलोभनमा दिएका थिए ।

योजना अनुसार नागेन्द्र र रविनले नेपाली मोवाईल नम्वर ९८११७४३४९२ वाट भारतमा रहेका देवचन्द्रका पिता गोसाई मण्डलको भारतीय मोवाईल नं. ९५०१६२०८५५ मा फोन सम्पर्क गरी तिम्रो छोरा हाम्रो नियन्त्रणमा छ, ज्यूदो चाहिए एक लाख भारतीय रुपैयाँ लिएर आउनु भन्दै धम्क्याउने गरेका थिए । छोरो अपहरणमा परेको खवरले पिता गोसाई मण्डल अत्तालिएर छोराको रिहाईका लागि भारतीय प्रहरीसँगै नेपाल प्रहरीको पनि शरणमा आइपुगेका थिए ।

प्रहरीले अपहरण मुक्त र अपहरणकारी पक्राउ गर्न गोप्य योजना वनायो । योजना अनुसार नै प्रहरीले सिकाए वमोजिम गोसाई मण्डल १ लाख ६० हजार रुपैयाँ लिएर अपहरणकारीले वोलाएको स्थान शम्भुनाथ वजार पुगेका थिए । फिरौती रकम वुझनै लाग्दा सादा पोसाकमा रहेका पहरीले नागेन्द्र र रविनलाई पक्राउ गरेका थिए । पक्राउ परेका चौधरीकै वयानका आधारमा कडरवोनामा लुकेर वसेका देवचन्द्रलार्ई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

अभिभावक र प्रहरीलाई समेत अनावश्यक दुःख दिने उनीहरु माथि सार्वजनिक अपराध मुद्दा अन्तर्गत कारवाही चलाईने पत्रकार सम्मेलनमा प्रहरी सम्मेलनमा प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले वताएका छन् ।

तपाइको मत