मौलापुरनगरपालिका गम्हरीया मतदान स्थलमा झडप, प्रहरीद्वारा हवाई फायर

२ असोज ०७४, काठमाडौं । रौतहटको मौलापुरनगरपालिका ३ स्थित गम्हरीया प्राविमा रहेको मतदान स्थलमा झडप भएको छ ।

गम्हरीया प्राविमा रहेको मतदान केन्द्रमा माओवादीले गैर मतदातालाई एजेन्टका रुपमा प्रवेश गराएको भन्दै अन्य दलका कार्यकर्ताले विरोध जनाउँदा झडप भएको हो । झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेको छ ।

बिहान १० बजेतिर भएको झडपमा परी  दुवै तर्फका केही कार्यकर्ता घाइते भएका छन् । झडपका कारण झण्डै एक घण्टा जति मतदान स्थगित भएपनि  अहिले मतदान सुरू भएको प्रहरीले जनाएको छ ।

तपाइको मत