यमपञ्चकको चौथो दिन गाई, गोरु र गोवद्धर्नको पूजा गरी मनाइयो

२२ कार्तिक ०७५, काठमाडौं । हिन्दुहरुको महान दोस्रो चाड तिहार(यमपञ्चक)को चौथो दिन, गाई, गोरु र गोवद्धर्नको पूजाआजा गरी मनाइएको छ ।

गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई पवित्र गौमाता मानी वैदिक सनातन कालदेखि नै गोवद्धर्न पूजा गर्ने गरिएको पाइन्छ ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास पनि रहेको छ ।

तपाइको मत